Tuesday, March 11, 2008

इलाममा दुलहीले दुलाह भित्राइन् /बाँकि समाचार»

पितृ सत्तात्मक मुलुक नेपालमा केटाले केटी विवाह गरेर भित्राएको त सुनेको र देखेकै हो । यो हाम्रो परम्परा नै हो । तर, केटीले केटा विवाह गरेर भित्राएको भने तपाई हामीले कमै सुनेका छौं ।

२० शरणार्थी अमेरिका लगियो

WidgetBucks - Trend Watch - WidgetBucks.com

भुटानी शरणार्थीलाई अमेरिका लैजाने क्रममा शनिश्चरे शिविरका चार परिवारका २० जनाको पहिलो टोली सोमबार अमेरिका प्रस्थान गरेको छ।
सो टोलीमा केटाकेटीदेखि युवायुवतीसम्म रहेका छन्। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म कडा सुरक्षाका साथ लगिएको थियो भने सञ्चारकर्मीलाई सम्पर्कमा जान बन्देज लगाइएको थियो।
तथापि अमेरिका जान लागेकी किशोरी अम्बिका तिमल्सिनाले अमेरिका जान पाएकोमा सञ्चारकर्मीसँग खुसी व्यक्त गरेकी थिइन्। सोमबार अमेरिका प्रस्थान गर्नेहरूमा युवराज कोइराला, मनोरथ कोइराला, वेदिनी तिमल्सिना, डिल्लीराम रिजाललगायतका रहेका छन्।
अमेरिकाले ६० हजार भुटानी शरणार्थीलाई अमेरिका लग्ने घोषित नीतिअनुरूप सोमबार पहिलो पटक २० शरणार्थी लगिएका हुन्। अन्य शरणार्थीलाई क्रमशः अमेरिका लगिने जनाइएको छ।
अमेरिका सरकारको शरणार्थी हेर्ने निकायले अहिले शिविरमा शरणार्थी छनोट कार्य गरिरहेको छ।
भुटानी शरणार्थीलाई विभिन्न सात राष्ट्रले लग्ने गरी ँकोर ग्रुप’ खडा गरिएको छ भने उक्त समूहको नेपालस्थित अमेरिकी दूतावासले संयोजन गर्दै आएको छ।
भुटानी शरणार्थीको पहिलो लट गुपचुप अमेरिका लगिएकोमा भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले सोमबार नेपाल समाचारपत्रसँग झापाबाट कुरा गर्दै भन्नुभयो- ँसाथीभाइसँग बिदावारी भएर जाने वातावरण पनि नदिइएकोमा दुःख लागेको छ। चोरेर लगेजस्तो किन गर्नु परेको बुझन सकिएको छैन।
अमेरिका जाने शरणार्थीलाई नेपाल सरकारका तर्फबाट उपलब्ध गराइएको ँट्राभल डकुमेन्ट’ पनि विमानस्थलमै छोडेर जानुपर्ने व्यवस्था गरिएको सुन्नमा आएको बताउँदै पौडेलले भन्नुभयो- ँ१७ वर्ष नेपालमा बसेको चिनो एकातर्फ छोड्नुपर्ने अवस्था भएको छ भने अर्कातर्फ उक्त ँपर्मिट’ दुरुपयोग हुन सक्ने अवस्थाले पनि हामी चिन्तित भएका छौं।’
शरणार्थीको नेतृत्व पंक्तिले तेस्रो देशमा लाने कुराको यसअघिदेखि नै विरोध गर्दै आएको छ।