Sunday, May 18, 2008

the Nepalese band Sur Sudha in Amsterdam


DO NOT MISS
A Concert by the Nepalese band Sur Sudha and dance performance by Madan Dance Group Sur Sudha
On Friday, June 13th 2008,
Time: 19:30 - 23:00 (Open from 18:45)
Location: Noorderkerk, Noordermarkt, Amsterdam
Entry price without pre-registration: € 14,-
Entry pre-sale price: € 12,-
Pre-sale at: PURE Clothing Company, Rozengracht 15, Amsterdam Or: pre-register by e-mail (please mention name and number of people)
For more info: Pure Clothing Company, info@pureclothings.com, phone: 020 - 330 3115,
http://www.pureclothings.com/form.html

Friday, May 16, 2008

माओवादी आतंककारी सूचीमा नराखेको नौलो दाबी अमेरिका

अमेरिकाले नेकपा (माओवादी) लाई अन्तर्राष्ट्रिय आतंककारी संगठनको सूचीमा कहिल्यै राख्दै नराखेको नौलो दाबी गरेको छ।
नयाँ सरकारको नेतृत्व गर्ने गृहकार्यमा माओवादी जुटिरहेका बेला बुधबार वासिङ्टनमा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टम क्यासीले सो दाबी गर्नुभएको हो।
नेकपा (माओवादी) लाई अमेरिकाले कहिल्यै अन्तर्राष्ट्रिय आतंककारी संगठनको सूचीमा राखेको छैन’, प्रवक्ता क्यासीले भन्नुभएको छ- ँनेपालसँगको हाम्रो सम्बन्ध त्यहाँका प्रत्येक व्यक्तिको कार्यका आधारमा हुन्छ।’
भूमिगत पार्टी संविधानसभाको निर्वाचनमा ठूलो विजय हासिल गरेपछि नेपालनीतिमा वासिङ्टनले ँपुनः विचार’ गर्ने संकेत गर्दै प्रवक्ता क्यासीले सञ्चारकर्मीलाई भन्नुभयो- ँमाओवादीलाई बा≈य आतंककारी सूचीमा राखिएको थियो।’
प्रवक्ता क्यासीले बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय आतंककारी संगठन र बा≈य आतंककारी सूचीबीच भिन्नता देखाउँदै भन्नुभयो- ँबा≈य आतंककारी सूची कन्सुलर -भिसा र अन्य मामला) सँग सम्बन्धित छ।’
पूवव्रि्रोहीले नयाँ सरकारको नेतृत्व गर्न लागेको सम्बन्धमा वासिङ्टनको धारणा सोध्दा उहाँले बताउनुभयो- ँतपाईंहरूलाई थाहै छ, नेपाल सरकारसँग हाम्रो सम्बन्ध त्यहाँका प्रत्येक व्यक्तिको कार्यका आधारमा हुन्छ।’
सरकारीभन्दा पनि गैरसरकारी संघसंस्थामार्फ नेपालमा अमेरिकाले सञ्चालन गरेका मानवतासम्बन्धी विभिन्न कार्यक्रमलाई निरन्तरता दिने तथा बाधाअड्चन नपुर्याउने सम्बन्धमा अमेरिकी राजदूत नान्सी जे पावेल र माओवादी अध्यक्ष प्रचण्डबीच हालैको भेटघाटमा छलफल केन्द्रित भएको उहाँले खुलासा गर्नुभयो।
हामी यस्ता कार्यक्रममा उनीहरूले कुनै बाधाअड्चन नगर्ने प्रतिक्रिया पाएपछि खुसी भएका छौं’, प्रवक्ता क्यासीले भन्नुभयो- ँअमेरिकाको सहयोगमा नेपालमा सञ्चालित मानवतासम्बन्धी कार्यक्रमलाई हामी निरन्तरता दिनेछौं।’
आतंककारी सूचीबाट हटाउँदा कानुनी अड्चन आउला/नआउला, त्यो आफनो ठाउँमा छ। उनीहरूलाई अमेरिकी बा≈य आतंककारी सूचीबाट हटाउनुपर्छ भन्ने दबाब आएको छ किनकि उनीहरू सरकारको नेतृत्व गर्नेवाला छन्’ -उहाँले भन्नुभयो। अहिले कानुन व्यवसायीसँग यही विषयमा छलफल भइरहेको प्रवक्ता क्यासीले जानकारी दिनुभयो।
{ काठमाडौं, (नेस)