नयां बुद्ध ‘राम बोम्जन
पशन तमू , एचकेनेपाल डट कम मार्च २८ -
बाराको रतनपूरीमा ६ महिनासम्म पानी समेत नखाई तपस्या गरेका रामबहादुर बोम्जन सोमबारदेखि ३ वर्षको लागि बङ्करमा छिरेर तपस्यामा लीन भएका छन्/
पटक पटक हराउंदै सम्पर्कमा आएका बोम्जन चैत्र २ गते समितिको सम्पर्कमा आएका थिए। बोम्जनले बाराको हलखोरिया दहको जङ्गलमा ७ फिट लम्बाई र ७ फिट चौर्डाई खाडलभित्र रहेर ३ वर्षसम्म तपस्या गर्ने घोषणा गरेका छन्।
तपस्वी बोम्जनको आग्रह अनुसार समितिले बङ्करभित्र जाने एउटा भर्याङ र खाडलभित्र छुट्टै एउटा गुफा बनाएर ढोकासमेत राखिएको छ भने बङ्करमाथि सानो छाप्रो बनाई दिएको छ।
पछिल्लो पटक भेटिएको तपस्वी रामबहादुर बोम्जन। फोटो सौजन्यः उपेन्द्र लामिछाने / कान्तिपुर।
No comments:
Post a Comment