नेपाल छाडेर जानेहरुको नेपालप्रतिको मायाको सागर
गैरआवासिय नेपालीहरू तेस्रो विश्व सम्मेलन यही असोज २८ गतेदेखिबाट काठमाडौंमा सुरू हुँदैछ । सम्मेलनको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ । यसअघि पहिलो सम्मेलन राजा ज्ञानेन्द्रबाट भएको थियो भने दोस्रो सम्मेलनको युवराजाधिराज पारसले भएको थियो । यस बर्षको उदघाटन समारोहमा विश्वका झण्डै ३८ देशबाट ४ सय भन्दा बढी गैरआवासिय नेपालीहरुको सहभागीता हुने एनआरएन विश्वसम्मेलन आयोजक कमिटीका संयोजक देवमान हिराचनले बताउनु भएको छ । उहाँका अनुसार हालसम्म ३८ वटा राष्ट्रमा एनआरएनको राष्ट्रिय समन्वय परिषद् गठन भइसकेको छ । संभवत संसारभर यति धेरै सञ्जाल रहेको एनआरएन नै सबैभन्दा ठूलो नेपाली संगठन हो । नेपालको कुटनीतिक सम्बन्ध स्थापना नभएका देशमा समेत एनआरएन कमिटी बनेको छ ।
गैरआवासिय नेपालीहरूले ६ बर्षअगाडी आजकै दिन विश्वभरका नेपालीहरू एक जुट हुँदै एनआरएन अभियान सुरू गर्नु भएको थियो । हरेक बर्षआफनो स्थापना भएको आजको दिनलाई एनआरएनले 'एनआरएन दिवस' का रूपमा मनाउने गरेको छ । तेस्रो एनआरएन विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएका नेपालीहरू गत विहीवार विहानै स्वयम्भु र पशुपति नाथ मंदिर गएर पुजा-आजा गरेको प्राप्त समाचारले जनाएको छ । उहाँहरूले नेपालमा स्थायी शान्ति, समृद्धि र विकासको कामना गर्दै स्वयम्भु भगवान र पशुपति नाथको पूजा अर्चना गर्नु भएको छन् । उहाँहरूले सामुहिक रूपमा स्वयम्भुमा रहेको घण्ट बजाएर शान्ति र विकासको कामना गर्नु भएको थियो । तेस्रो विश्व सम्मेलनमा सहभागी हुनका लागि संसारभरका विभिन्न देशबाट गैरआवासिय नेपालीहरू राजधानी आउने क्रम जारी छ । तीन दिनसम्म चल्ने तेस्रो एनआरएन विश्वसम्मेलनले आगामी दुइ बर्षाका लागि एनआरएन अन्तर्रराष्ट्रीय समन्वय परिषद्को नयाँ नेतृत्व चयन गर्ने छ । यसअघि नै बर्तमान अध्यक्ष डा. महतोले आफूले एनआरएनको नेतृत्वबाट विदा लिने घोषणा गर्नु भएको छ । यसपटक पहिलो पटक एनआरएनको अध्यक्ष पदका लागि संभवत चुनावबाट नेतृत्व चयन हुने छ ।
प्राप्त जानकारी अनुसार अहिलेसम्म एनआरएन अध्यक्ष पदका लागि ४ जना प्रत्यासी बन्ने घोषणा गरिसकेका छन् । अमेरिकामा रहेका नेपाली डा. श्याम कार्कीले आफू अध्यक्ष पदको प्रत्यासी रहेको घोषणा गर्नु भएको छ भने अहिलेका उपाध्यक्ष मध्येबाट जर्मनीका रामप्रताप थापा र जापानका देवमान हिराचानले पनि अध्यक्ष पदका लागि उम्मेद्वारीको घोषणा गर्नु भएको छ । त्यस्तै अहिलेका अन्तर्रराष्ट्रीय संयोजक भीम उदासले पनि अध्यक्ष पदका लागि आफनो उम्मेद्वारी घोषणा गर्नु भएको छ । इनेपालन्यूज संवाददाता, काठमाण्डौ, असोज 25 गते
No comments:
Post a Comment