शिवपुरी जङ्गलमा शङ्कास्पद चिहान फेलापर्यो
भैरवनाथ गणबाट बेपत्ता पारी ४९ जना माओवादी कार्यकर्तालाई जिउँदै पुरिएको भनिएको राजधानी नजिकैको शिवपुरी जंगलमा केही शंकास्पद मानव चिहान फेला परेको छ । मानवअधिकार आयोगलगायतका संघसंस्थाको अनुसन्धानबाट शिवपुरीको झोर गाविसको ठूली खोल्सी भन्ने स्थानमा कपडासहित मानव चिहान फेला परेको हो। मानव अधिकार आयोगको नेतृत्वमा राष्ट्रसंघीय मानवअधिकार उच्चआयूक्तको कार्यालयका प्रतिनिधिसहितको टोलीले आज बिहान उक्त स्थानको अवलोकन गरेको थियो। चिहान फेलापरेपछि व्यवस्थापिका संसद् मानव अधिकार तथा सामाजीक न्याय समितिको एक टोली पनि अनुसन्धाका लागि त्यसतर्फ प्रस्थान गरेको छ। शिवपुरीको अल्ले जंगल क्षेत्रभित्र निकुञ्ज गेटबाट २ किमि उत्तरमा रहेको २०० मिटर लम्बाइ र ३० मिटर चौडाइ क्षेत्रफलमा कपडासहित मानव चिहान फेला परेको आयोगले जनाएको छ। यसअघि नेपालस्थीत राष्ट्रसंघीय मानवअधिकार उच्चआयूक्तको कार्यालयले तत्कालीन शाही नेपाली सेनाको महाराजगंजस्थित भैरवनाथ गणबाट बेपत्ता पारिएको प्रतिवेदन सार्वजनिक गर्दै ४९ जनाको अवस्थाबारे पटकपटक सरकारको ध्यानाकर्षण गराएको थियो
यूरोनेपाल अनलाईन प्रतिनिधि
काठमाडौं, डिसेम्बर १९ ।
No comments:
Post a Comment