अभिनयमा मौलाएको वास्तविक प्रेम
चर्चित हाँस्य टेलिशृङ्खला मेरीबास्सैका धुर्मुस र सुन्तली वास्तविक जीवनका पनि प्रेमी प्रेमिका बनेका छन्।
मेरीबास्सैमा जसरी धुर्मुस र सुन्तलीको लखेटा लखेटलाई ठट्यौली पारामा प्रस्तुत गरिएको छ त्यसरी नै उनीहरुबीच माया बसेको भने होइन। लामो समयको सहकार्यपछि नै उनीहरुबीच एकाएक प्रेम सम्बन्ध बढेको उनीहरुका साथीसंगीहरु बताउँछन्।
हुन त धुर्मुस अर्थात् सीतारम कट्टेललाई मेरीबास्सैमा जोडी बाँधिएदेखि नै सुन्तु अर्थात् कुन्जना घिमिरे मन परेकी हुन्। सुन्तुले चाहिँ चापागाउँमा मेरो ब्वाइफ्रेन्ड छ भनेर धुर्मुसको परीक्षा लिइरहेकी थिइन्।
धुर्मुसले वास्तविक रुपमा आफूलाई चाहेको बुझेपछि म उनको चाहनामा हार खाएँ -कुन्जनाले भनिन्। दुवै बीचको प्रेम सम्बन्धमा केही महिनाअगाडिबाट निक्कै गाढापन आएको हो।घर झापा, हाल बसाइ थापागाउँ र ससुराली चापागाउँ पनि हुने भयो भनेर मेरीबास्सैका सहकर्मीहरुले अहिले सीतारामलाई जिस्क्याउन थालेका छन्। दुवै बीचको कुरो र कुलो मिलेका कारण त्यसरी जिस्क्याइएको हुनुपर्ने उक्त शृङ्खलाका माग्नेबूढा अर्थात् केदार घिमिरेको भनाइ छ।
सुन्तु र धुर्मुसबीच प्रेम भएको सबैलाई थाहा भैसकेको छ भने सुन्तु र धुर्मुस पनि आफूहरु बीचको प्रेम वास्तविक भएको र चाँडै बिहे गर्न लागेको प्रतिक्रिया दिँदै हिँडेका छन्। ँएक-दुई वर्षबिहे नगर्ने सोच बनाएका छौं।
यद्यपि भोलिका दिनमा के-कस्तो हुने यो थाहा छैन� कुञ्जनाले भनिन्। धुर्मुस भने यो वर्षको मंसिर खेर गए पनि माघ, फागुन र वैशाख त आउनै बाँकी रहेको ठट्टा गर्न चुक्दैनन्।
यी दुई बीच यति समर्पण छ कि, धुर्मुसलाई मोटरसाइकल चलाउन नआएकोमा सुन्तु पीर गर्छिन्। अर्कोतर्फ सुन्तु स्कुटर चलाएर हिँडे पनि उनीसँग लाइसेन्स नहुँदा कतै ट्राफिकले समात्ने पो हो कि भनेर धुर्मुस डराउने गरेका छन्। परीक्षा दिएर लाइसेन्स लिनुपर्यो भनेर धुर्मुसले सधैं सुन्तुलाई सम्झाउँदै गरेको पनि सुनियो।धुर्मुस र सुन्तु बीच हुर्किएको मायाप्रेमको यो वास्तविक कथाले मेरी-बास्सैको जस्तो नहोस् भन्ने उनीहरुका शुभचिन्तकहरुको रहेको छ। चाँडै नै दुवै बीचको प्रेम विवाहमा परिणत हुने आशामा उनीहरुका आफन्तहरु रहेका छन्।
मेरी बास्सैमा धुर्मुस र माग्नेबूढाको गेटअपका कारण उनीहरु दुवैलाई यथार्थमा कमैले मात्र चिन्ने गरेका छन्। सुन्तुलाई भने यथार्थमा पनि सबैले चिन्ने गरेका छन्। सोही कारण दशैंको चियापान कार्यक्रममा एमालेका महासचिव माधवकुमार नेपालले सुन्तुलाई चिने। धुर्मुस र माग्नेबूढालाई नचिनेपछि अरुले चिनाउदै गरेको पनि देखियो।/नेस
No comments:
Post a Comment