नेदरल्याण्डबासी नेपालीहरुद्धारा नववर्षको कार्यक्रम सम्पन्न
नववर्ष २००९ लाई नेदरल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरुले एकै ठाउमा भेला भएर भव्य रुपमा मनाए । एनआरएन नेदरल्याण्डद्धारा आयोजित तथा प्योर क्लोथिगंद्धारा प्रायोजित उक्त कार्यक्रममा अन्य देशहरुबाट समेत पाहुनहरुको उपस्थिति रहेको थियो । एनआरएन नेदरल्याण्डका अध्यक्ष डा. गोबिन्द रौनियारको सभापतित्व तथा नेपालका वरिष्ठ नेता भूतपूर्व उप प्रधानमन्त्री तथा वर्तमान संबिधान सभासद् रामचन्द्र पौडेलको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम संचालन भएको थियो ।
प्रायोजक समेत रहनुभएका प्योर क्लोथिगंका प्रोप्राईटर श्रीधर पाण्डेले कार्यक्रम संयोजक समितिको तर्फबाट उपस्थित सबैलाई स्वागत मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा उहाँले सो कार्यक्रमबाट उठेको सम्पूर्ण रकम नेपालको नुवाकोट जिल्ला स्थित श्री सुन्धारा प्राथमिक बिद्यालयको शैक्षिक स्तर बढाउन सहयोग गरिने बताउनुभयो ।
कार्यक्रममा बिभिन्न नेपाली सांगीतिक प्रस्तुतिहरुका साथै नेपाली नृत्यहरु पनि प्रस्तुत गरिएकोले कार्यक्रम अति नै मनोरंजनात्मक भएको थियो । साथै नेदरल्याण्डमा रहेको नेपाली बिद्यार्थीहरुको सांगितिक समुह हिमालयन रक ब्याण्डले नेपालमा रहेका गरिब तथा असाहय बालबालिकाहरुको सहयोगार्थ लाइभ म्यूजिक समेत प्रस्तुत गरेको थियो । उनीहरुको कर्णपि्रय धुनमा सम्पूर्ण सहभागीहरु नाचिरहेका देखिन्थे । अत्यन्तै रोमांचक र सांगीतिक वातावरणमा संचालित सो कार्यक्रममा बिभिन्न व्यक्तिहरुले आफ्ना भनाईहरु समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका सभापति एवं एनआरएन नेदरल्याण्डका अध्यक्ष डा. गोबिन्द रौनियारले एनआरन नेदरल्याण्डका गतिबिधि र उदेश्यहरुबारे बोल्नुभएको थियो भने अर्का सहभागी एनआरएन नेदरल्याण्डका कार्यकारी सदस्य फणिन्द्र पन्तले नेदरल्याण्डमा स्थापना हुन लागेको एनआरएन कल्चरल सेन्टरको बारेमा उपस्थित सबैलाई प्रेजेन्टेसन देखाई यसको कार्यक्रम र उदेश्यहरुबारे जानकारी गराउनुभएको थियो ।
नेपाल समाज नेदरल्याण्डका अध्यक्ष डा. बालगोपाल श्रेष्ठले उपस्थित सबैलाई नववर्ष २००९ को शुभकामना दिनुभएको थियो भने शुभकामना दिने क्रममा अर्का सहभागी नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष शशी पौडेलले हामी नेपालीहरु जहाँ रहेपनि सबैजना एकजुट भएर जान सके हामी सबैलाई धेरै ठूलो सहयोग मिल्ने कुरा बताउनुभयो भने । एनआरएन नेदरल्याण्डले आम्र्टडाममा नेपाली कल्चर सेन्टर खोल्न लागेको कुरा अति नै राम्रो र हामी नेपालीहरुलाई पनि आवश्यक भएको बताउनुभयो । त्यसका साथै उहाँले नेदरल्याण्डमा रहेका सम्पूर्ण कल्चरल सम्बन्धी संघ सस्थाहरु एकबद्ध भई काम गर्न सकेमा हामी सबैका लागि धेरै राम्रो हुने बताउनुभयो ।
अत्यन्तै रोचक र भव्य यस कार्यक्रममा एनआरएन जर्मनीका अध्यक्ष तथा नेपाली जनसम्पर्क समन्वय समिति यूरोपका अध्यक्ष दिलु गुरुगं, नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतमका साथसाथै अन्य सदस्यहरु, नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका अध्यक्ष नारायण आचार्यको समेत सहभागीता रहेको थियो । नेपाली खानाको स्वादसँगै डिजेश्रीले बिभिन्न किसिमका नेपाली गीतहरु प्रस्तुत गर्नुभएको थियो ।
यसै नववर्ष २००९ को शुभअवसर पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेदरल्याण्ड च्याप्टरद्धारा प्रकाशित पहिलो नेपाली साहित्यिक पत्रिका साहित्यानुरागको प्रमुख अतिथि रामचन्द्र पौडेलले बिमोचन गर्नुभयो । बिमोचनपछि बोल्नुहुँदै नेता पौडेलले भन्नुभयोः बिदेशमा बसेर पनि नेपाली कला संस्कृति र साहित्यमा यसरी सम्पूर्ण नेपालीहरु एकजुट भएर लागेको देख्न पाउनु एकदमै गर्वको कुरा हो भन्नुभयो । साथै बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सहयोगबाट नै नेपालको विकासमा धेरै ठूलो टेवा पुग्ने कुरा जानकारी दिनुभयो । कार्यमको संचालन साहित्यनुराग द्धैमासिक पत्रिकाका सम्पादक सूर्यराज गिरीले गर्नुभएको थियो । नेदरल्याण्ड, डिसेम्बर ३०।
No comments:
Post a Comment