Sunday, September 23, 2007

Congratulation Prashant /प्रशान्त तपाईंलाई हार्दिक बधाई

आजको दिन धेरै खुशीको दिन रहेको छ सारा नेपाली हरुको लागि किनकी हाम्रा नेपाली गीत संगीतका चम्किला तारा प्रशान्त तमाङ ले ईण्डियन आडिअल को स्थान ओगट्न सफल हुनुभयको छ। प्रशान्त तपाईंलाई हार्दिक बधाई । यसरी नै सफलताको शिखर चुमिरहनु | …………………………………………..
प्रशान्त तामाङले चलचित्रमा गीत गाउने
सेप्टेम्बर १ -
भारतीय टीभी च्यानल सोनी इन्टरटेन्मेन्टको रियालिटी शो इण्डियन आइडलको होडमा प्रतिस्पर्धा गरिरहेका प्रशान्त तामाङले अब नेपाली चलचित्रहरुमा पनि गीत गाउने भएका छन्।
नेपाली चलचित्रका चर्चित युवा निर्देशक दीपक श्रेष्ठको निर्माणाधीन चलचित्र ‘हिम्मत - दुई’ का सबै गीतहरु प्रशान्तले गाउने भएका छन्। ‘हिम्मत - दुई’ का संगीतकार आलोक श्री रहेका छन्। अर्का चर्चित संगीतकार शम्भुजित बास्कोटाले पनि आफूद्वारा संगीतबद्ध दुई चलचित्रका गीतहरु प्रशान्तको स्वरमा रेकर्ड गराउने भएका छन्। त्यसै गरी बलिवुडका चर्चित पार्श्व गायक उदीतनारायाण झाले पत्नी दीपा झाको नेपाली चलचित्रमा प्रशान्त तामाङलाई गीत गाउन लगाउने भएका छन्।
प्रशान्त तामाङ कडा प्रतिस्पर्धाका साथ अहिले टप फोरमा आएका छन्। अब उनलाई शुभकामना, बधाई र प्रार्थनाले मात्र अगाडि बढाउन नसक्ने भएकाले जहाँ जहाँबाट भोट हाल्न सकिन्छ त्यहाँ त्यहाँका सम्पूर्ण नेपालीले प्रशान्तलाई भोट दिई जिताउन उनका समर्थकहरुले हार्दिक अपिल गरेका छन्।
<

Friday, September 21, 2007

घनचक्कर

बिहीबार पुल्चोक इन्जिनियरिङ क्याम्पसअगाडि पेट्रोल उपलब्ध नभएको निहुँमा टयाक्सी चालक र क्याम्पसका विद्यार्थीहरूबीच झडप हुँदा घाइते हुन पुगेका बाटोमा हिँडिरहेका एक वृद्धलाई उपचारका लागि लाँदै विद्यार्थीहरू । तस्वीर : केशव थोकर

Tuesday, September 18, 2007

कपीलबस्तुमा थप १२ जनाको शव प्राप्त

कपीलबस्तुको चन्द्रौटा र कृष्णनगरमा भएको हिंसामा परि मारिएका थप १२ जनाको शव बुधबार प्राप्त भएको छ।
ति शवहरू कृष्णनगर नजिकै विसनपुरको सुराही खोलाको छेउमा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले हिंसाको क्रममा जलाइएका घरहरूमा परि अरू मानिसहरू पनि मारिएका हुनसक्ने आशंका गरेको छ।
तनाव सामान्य हुँदै गएपछि क्षतिको विवरण संकलन गर्दैगर्दा ति शवहरू फेला परेका थिए।
आगोले घरहरू पुरै जलेको हुँदा अब सग्ला शवहरू निकाल्न प्राय: असम्भव हुने उद्धारकार्यमा संलग्न प्रहरीहरूले बताएका छन्।
हिंसापछिका चार दिनसम्म पनि क्षतिको वास्तविक विवरणहरू भने आइसकेको छैन।
डरका कारण मानिसहरू बाहिर निस्कन सकेका छैनन् र घर छाडेकाहरू अझै फर्कन सकेका छैनन्।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको एक टोली बुधबार बिहान हिंसाग्रस्त क्षेत्रमा पुगेको थियो।
उक्त टोलीले मानिसहरू निकै तनावमा रहेको र राहतको अभाव रहेको बताएको छ।
टोली नेता रिचर्ड बेनेटले बुधबार भने, ''आज हामीले कुरा गरेका मानिसहरू तत्कालिक राहत नपाएकामा निराश थिए। उनिहरूले सुरक्षित अवस्थामा तथा स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने बलियो ईच्छा पनि ब्यक्त गरे।''
स्थिति सामान्य बन्दै गएपछि जिल्ला सदरमुकाम तौलिहवामा बुधबार कर्फ्यू हटाइएको छ। /

Thursday, September 6, 2007

नेदरल्याण्डमा जनजाति सरोकार मञ्च गठन

नेदरल्याण्डमा नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माणको लागि संयोजन समिति र नेपाली जनजाति सरोकार मञ्च, नेदरल्याण्डको सेप्टेम्बर २ तारिखका दिन गठन भएको छ । तुलसी अंगाइको संयोजकत्वमा डा.बालगोपाल श्रेष्ठ, डा.ध्रुव पिखा श्रेष्ठ, डा.अरविन्दमान तुलाधर र कृषिविद् जुम गुरुङ्ग सल्लाहकार सल्लाहकार रहनु भएको विष्णु सुव्वा, रेणुका राइ, गणेश सिंखडा, कारसांग नोर्वु गुरुङ्ग, भिम राइ र विर्ख सुव्वा रहेको नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माणको लागि संयोजन समिति निर्माण भएको छ । त्यसैगरी नेपालको सम्पूर्ण समस्याहरुको सम्बोधनको साथै आदिबासी जनजातिहरुको हक अधिकारको ग्यारेन्टीका लागि, आत्मनिर्णयको अधिकार सहित जातिय स्वायत्त शासनको स्थापना गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक राज्यको निर्माणको सुनिश्चित गर्नका लागि आगामि संविधानसभाको चुनावमा समानुपातिक निर्वाचन प्रणाली लागु गर्न तथा संविधानसभाको चुनावलाई माथि सम्पन्न गराउन सरकारलाई दवाब दिने उद्देश्यले विर्ख सुव्वाको अध्यक्षतामा एक समिति गठन गरेको छ । समितिको उपाध्यक्ष भिम राइ, सचिव ओमप्रकाश इधिडगो, कोषाध्यक्ष सृजना योङहाङ र सदस्यहरुमा नन्दा राई, सुमन राई र जीवन लामा रहनु भएको छ।
यसअबसरमा वर्तमान गठवन्धन सरकारको नेतृत्वलाई दवाव दिन संयुक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा दुवै मोर्चाको अवधारणा पत्र बाड्नुका साथै अवधारणा पत्र माथि प्रकाश पार्दै नेपाली जनजाति सरोकार मञ्च युरोपका अध्यक्ष रामबहादुर गुरुङ्ग, नेपाली जनजाति सरोकार मञ्च युरोपका वदन याङहाङ, नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमका अध्यक्ष विष्णु भुजेल र नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमका अध्यक्ष नविन सापकोटाले नेपालको वर्तमान राजनीतिक अवस्थाको समिक्षाका साथ युरोपवासी नेपालीहरुले संविधानसभाको चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि तत्कालै गणतन्त्र घोषणा गर्न वर्तमान सरकारलाई दवाव दिन सशक्त आवाज उठाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
दुवै समितिमा निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रम संचालक डा.बालगोपाल श्रेष्ठले बधाई दिनु भएको थियो ।