Thursday, September 6, 2007

नेदरल्याण्डमा जनजाति सरोकार मञ्च गठन

नेदरल्याण्डमा नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माणको लागि संयोजन समिति र नेपाली जनजाति सरोकार मञ्च, नेदरल्याण्डको सेप्टेम्बर २ तारिखका दिन गठन भएको छ । तुलसी अंगाइको संयोजकत्वमा डा.बालगोपाल श्रेष्ठ, डा.ध्रुव पिखा श्रेष्ठ, डा.अरविन्दमान तुलाधर र कृषिविद् जुम गुरुङ्ग सल्लाहकार सल्लाहकार रहनु भएको विष्णु सुव्वा, रेणुका राइ, गणेश सिंखडा, कारसांग नोर्वु गुरुङ्ग, भिम राइ र विर्ख सुव्वा रहेको नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माणको लागि संयोजन समिति निर्माण भएको छ । त्यसैगरी नेपालको सम्पूर्ण समस्याहरुको सम्बोधनको साथै आदिबासी जनजातिहरुको हक अधिकारको ग्यारेन्टीका लागि, आत्मनिर्णयको अधिकार सहित जातिय स्वायत्त शासनको स्थापना गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक राज्यको निर्माणको सुनिश्चित गर्नका लागि आगामि संविधानसभाको चुनावमा समानुपातिक निर्वाचन प्रणाली लागु गर्न तथा संविधानसभाको चुनावलाई माथि सम्पन्न गराउन सरकारलाई दवाब दिने उद्देश्यले विर्ख सुव्वाको अध्यक्षतामा एक समिति गठन गरेको छ । समितिको उपाध्यक्ष भिम राइ, सचिव ओमप्रकाश इधिडगो, कोषाध्यक्ष सृजना योङहाङ र सदस्यहरुमा नन्दा राई, सुमन राई र जीवन लामा रहनु भएको छ।
यसअबसरमा वर्तमान गठवन्धन सरकारको नेतृत्वलाई दवाव दिन संयुक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा दुवै मोर्चाको अवधारणा पत्र बाड्नुका साथै अवधारणा पत्र माथि प्रकाश पार्दै नेपाली जनजाति सरोकार मञ्च युरोपका अध्यक्ष रामबहादुर गुरुङ्ग, नेपाली जनजाति सरोकार मञ्च युरोपका वदन याङहाङ, नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमका अध्यक्ष विष्णु भुजेल र नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमका अध्यक्ष नविन सापकोटाले नेपालको वर्तमान राजनीतिक अवस्थाको समिक्षाका साथ युरोपवासी नेपालीहरुले संविधानसभाको चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि तत्कालै गणतन्त्र घोषणा गर्न वर्तमान सरकारलाई दवाव दिन सशक्त आवाज उठाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
दुवै समितिमा निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रम संचालक डा.बालगोपाल श्रेष्ठले बधाई दिनु भएको थियो ।

No comments: