Wednesday, October 31, 2007

पतिको लागि गुहारः


केही दिन देखि अपहरणमा पर्नुभएका बाराका पत्रकार वीरेन्द्र साहका पत्नि र २ छोरा आफना श्रीमानलाई सकुशल मुक्त गर्नको लागि अहिले काडमाण्डौमा आउनु भएको छ। नेपाल पत्रकार महासंघले आज राजधानीमा आयोजना गरेको विरोध रयाली पछि मण्डलामा भएको सभामा आंखा भरी आंसुमा पत्रकार वीरेन्द्रका पत्नि र २ छोरा। फोटो: राजेश डि.सी.

Monday, October 29, 2007

This is 2nd Dashain programme in Amsterdam=Next Video

This is 2nd Dashain programme in Amsterdam organized by NRN Netherlands. We have 2 same progremmes i .
Camara and edited by S.H. Giri at the date of 28-10-2007 in Amsterdam

Monday, October 22, 2007

dashain Programme 2064 in Amsterdam. =more videos)

This video made in Dashain Programme in Amsterdam. Celebrating Dashian festival in Amsterdam by Nepali Samaj..
Camara and edited by S.H. Giri at the date of 20-10-2007 in Amsterdam North You can watch here different nepali songs, live concert and other funny dance in this video. Enjoy the greatest festival of Nepal in abroad. Happy Dashain 2064

Friday, October 12, 2007

कालो झण्डाः


कालो झण्डाः योड. कम्युनिस्ट लिगले राज ज्ञानेन्द्र सपत्नी फूलपातीका अवसरमा बिहीबार सांझ हनुमान ढोका दरबारमा अवस्थित दसैघरमा श्रीभवानी को दर्शनका साथै टीका प्रसाद ग्रहण गर्न जादा कालो झण्डा देखाएर विरोध गर्दै।
फोटो: राजेश डि.सी.

>हिन्दूहरुको महान चाड विजयादशमी २०६४ को उपलक्ष्यमा सुख सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । श्री नेपाल ब्लग.http://rosenepal.blogspot.com//

भारतिय ब्यापारी अम्वानी यस बर्ष संसारकै धनी ब्यक्ति /
भारतीय व्यापारी मुकेश अम्वानी यसवर्षो संसारकै धनी व्यक्ति मानिएका छन् । रिलायन्स इन्डष्ट्रिजका प्रमुख मुकेश विलगुट्स र कार्लोस स्लीमजस्ता अर्वपतिलाई पछि पार्दै यसवर्षोधनी व्यक्तिमा दरिएका छन् । उनको कम्पनीको शेयर मूल्य वृद्धिको कारण उनी र्सवाधिक धनी व्यक्ति बन्न पुगेका हुन् । उनको सम्पत्ति ६३ अर्ब २० करोड अमेरिकी डलर अर्थात् भारतीय मुद्रामा २ लाख ९४ हजार करोड रुपियाँ रहेको छ । विलगेट्स र कार्लोस स्लीमको सम्पत्ति ६२ अर्व २९ करोड डलरको हाराहारीमा रहेको छ । गतवर्षअम्बानी दाजुभाइमा देखिएको मनमुटावपछि छुट्टएिर पछि मुकेशलाई यो सफलता हासिल भएको हो ।

नेपाल छाडेर जानेहरुको नेपालप्रतिको मायाको सागर

गैरआवासिय नेपालीहरू तेस्रो विश्व सम्मेलन यही असोज २८ गतेदेखिबाट काठमाडौंमा सुरू हुँदैछ । सम्मेलनको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ । यसअघि पहिलो सम्मेलन राजा ज्ञानेन्द्रबाट भएको थियो भने दोस्रो सम्मेलनको युवराजाधिराज पारसले भएको थियो । यस बर्षको उदघाटन समारोहमा विश्वका झण्डै ३८ देशबाट ४ सय भन्दा बढी गैरआवासिय नेपालीहरुको सहभागीता हुने एनआरएन विश्वसम्मेलन आयोजक कमिटीका संयोजक देवमान हिराचनले बताउनु भएको छ । उहाँका अनुसार हालसम्म ३८ वटा राष्ट्रमा एनआरएनको राष्ट्रिय समन्वय परिषद् गठन भइसकेको छ । संभवत संसारभर यति धेरै सञ्जाल रहेको एनआरएन नै सबैभन्दा ठूलो नेपाली संगठन हो । नेपालको कुटनीतिक सम्बन्ध स्थापना नभएका देशमा समेत एनआरएन कमिटी बनेको छ ।
गैरआवासिय नेपालीहरूले ६ बर्षअगाडी आजकै दिन विश्वभरका नेपालीहरू एक जुट हुँदै एनआरएन अभियान सुरू गर्नु भएको थियो । हरेक बर्षआफनो स्थापना भएको आजको दिनलाई एनआरएनले 'एनआरएन दिवस' का रूपमा मनाउने गरेको छ । तेस्रो एनआरएन विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएका नेपालीहरू गत विहीवार विहानै स्वयम्भु र पशुपति नाथ मंदिर गएर पुजा-आजा गरेको प्राप्त समाचारले जनाएको छ । उहाँहरूले नेपालमा स्थायी शान्ति, समृद्धि र विकासको कामना गर्दै स्वयम्भु भगवान र पशुपति नाथको पूजा अर्चना गर्नु भएको छन् । उहाँहरूले सामुहिक रूपमा स्वयम्भुमा रहेको घण्ट बजाएर शान्ति र विकासको कामना गर्नु भएको थियो । तेस्रो विश्व सम्मेलनमा सहभागी हुनका लागि संसारभरका विभिन्न देशबाट गैरआवासिय नेपालीहरू राजधानी आउने क्रम जारी छ । तीन दिनसम्म चल्ने तेस्रो एनआरएन विश्वसम्मेलनले आगामी दुइ बर्षाका लागि एनआरएन अन्तर्रराष्ट्रीय समन्वय परिषद्को नयाँ नेतृत्व चयन गर्ने छ । यसअघि नै बर्तमान अध्यक्ष डा. महतोले आफूले एनआरएनको नेतृत्वबाट विदा लिने घोषणा गर्नु भएको छ । यसपटक पहिलो पटक एनआरएनको अध्यक्ष पदका लागि संभवत चुनावबाट नेतृत्व चयन हुने छ ।
प्राप्त जानकारी अनुसार अहिलेसम्म एनआरएन अध्यक्ष पदका लागि ४ जना प्रत्यासी बन्ने घोषणा गरिसकेका छन् । अमेरिकामा रहेका नेपाली डा. श्याम कार्कीले आफू अध्यक्ष पदको प्रत्यासी रहेको घोषणा गर्नु भएको छ भने अहिलेका उपाध्यक्ष मध्येबाट जर्मनीका रामप्रताप थापा र जापानका देवमान हिराचानले पनि अध्यक्ष पदका लागि उम्मेद्वारीको घोषणा गर्नु भएको छ । त्यस्तै अहिलेका अन्तर्रराष्ट्रीय संयोजक भीम उदासले पनि अध्यक्ष पदका लागि आफनो उम्मेद्वारी घोषणा गर्नु भएको छ । इनेपालन्यूज संवाददाता, काठमाण्डौ, असोज 25 गते

Thursday, October 11, 2007

Nepali Song Hindi Video

While I was searching YouTube, I found this music video. First I listen the song which is Nepa, and the music video is played by Indian artist... I think you will also find it very cool... Go a head...2

Monday, October 1, 2007

बम विस्फोटका चार अभियुक्त र्सार्वजनिक.. बाँकी अंश»

नेपाल समाचारपत्र(काठमाडौं)राजधानीमा गत भदौ १६ गते शृंखलाबद्ध रूपमा बम विस्फोट गराउनेमध्ये चार जनालाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको प्रहरीले बताएको छ