Wednesday, December 19, 2007

शिवपुरी जङ्गलमा शङ्कास्पद चिहान फेलापर्‍यो

भैरवनाथ गणबाट बेपत्ता पारी ४९ जना माओवादी कार्यकर्तालाई जिउँदै पुरिएको भनिएको राजधानी नजिकैको शिवपुरी जंगलमा केही शंकास्पद मानव चिहान फेला परेको छ । मानवअधिकार आयोगलगायतका संघसंस्थाको अनुसन्धानबाट शिवपुरीको झोर गाविसको ठूली खोल्सी भन्ने स्थानमा कपडासहित मानव चिहान फेला परेको हो। मानव अधिकार आयोगको नेतृत्वमा राष्ट्रसंघीय मानवअधिकार उच्चआयूक्तको कार्यालयका प्रतिनिधिसहितको टोलीले आज बिहान उक्त स्थानको अवलोकन गरेको थियो। चिहान फेलापरेपछि व्यवस्थापिका संसद् मानव अधिकार तथा सामाजीक न्याय समितिको एक टोली पनि अनुसन्धाका लागि त्यसतर्फ प्रस्थान गरेको छ। शिवपुरीको अल्ले जंगल क्षेत्रभित्र निकुञ्ज गेटबाट २ किमि उत्तरमा रहेको २०० मिटर लम्बाइ र ३० मिटर चौडाइ क्षेत्रफलमा कपडासहित मानव चिहान फेला परेको आयोगले जनाएको छ। यसअघि नेपालस्थीत राष्ट्रसंघीय मानवअधिकार उच्चआयूक्तको कार्यालयले तत्कालीन शाही नेपाली सेनाको महाराजगंजस्थित भैरवनाथ गणबाट बेपत्ता पारिएको प्रतिवेदन सार्वजनिक गर्दै ४९ जनाको अवस्थाबारे पटकपटक सरकारको ध्यानाकर्षण गराएको थियो
यूरोनेपाल अनलाईन प्रतिनिधि
काठमाडौं, डिसेम्बर १९ ।

Monday, December 17, 2007

पोर्चुगलमा नया अध्यागमन खुलेको छ / सिधै अनलाईन मार्फत भर्न सक्नु हुनेछ। यसमा क्लिक गरि सम्पूर्ण नियम हेर्दै फर्म भर्न सकिनेछ।

पोर्चुगलमा नया अध्यागमन खुलेको छ। नोभेम्बर दुई तारिखबाट खुलेको सो अध्यागमन नियम अन्तर्गत तपाईले कामको कन्ट्र्याक्ट सहितको निबेदन सिधै अनलाईन मार्फत भर्न सक्नु हुनेछ। नया आबेदनका लागि www.sef.pt मा क्लिक गरि सम्पूर्ण नियम हेर्दै फर्म भर्न सकिनेछ। आबश्यक कागजात जम्मागरी यो अबसरको फाईदा लिएर पोर्चुगलमा काम गरेर बस्नको लागि,बैध रहनको लागि यूरोपभर रहनु भएका नेपालीहरुलाई सहर्ष जानकारी गराईन्छ। आबेदनका लागि फिनान्स कार्ड,प्रहरी प्रतिबेदन,बसेको प्रमाण,काम गरिरहेको प्रमाण पत्र आदि आबश्यक कागजात हुन। /more information > www.eunepal.com/eng_article.php?id=43

WidgetBucks - Trend Watch - WidgetBucks.com
/
/

.>महिला संघर्षः राष्ट्रिय महिला जागृति संघर्ष समितिद्वारा आइतबार आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन आयोजित सिंहदरबार घेराउ कार्यक्रममा सहभागी महिलाहरूलाई गिरफ्तार गर्दै महिला प्रहरी। तस्वीरः सुरेश महर्जन/नेस

Saturday, December 15, 2007

नेताले जनताको कुरा सुन्नै छाडे

देशले संविधानसभाको चुनावका लागि काम गर भन्यो, हामीले विदेशको कार्यक्रम नै छोडेर त्यो काम गर्यौं। नागरिक समाजले पनि दबाब दिने काम गरिरहेकै छ तर नेताहरूले जनताको कुरै सुन्न छोडे। नत्र भने राजनीतिक गतिरोध यति धेरै लम्बिने नै थिएन।
हरिवंश आचार्य
वरिष्ठ कलाकार
राजनीतिक गतिरोध किन कायम रहेको होला र कहिलेसम्म रहला ?
राजनीतिक दलका नेताहरू कसले जित्ने भन्ने होडमा लागेकाले राजनीतिक गतिरोध कायम रहेको हो। दल र त्यसका नेताहरू कसले जित्ने भन्ने होडमा लागेकाले देशचाहिँ हारिरहेको छ। यो गतिरोधलाई जति लम्ब्यायो देशका लागि त्यति नै अहितकर र दीर्घकालीन हानि हुन्छ।
यो स्थिति सप्रियो भने नेताहरूको नाम इतिहासमा स्वर्णाक्षरले लेखिनेछ, बिग्रियो भने कालो अक्षरले लेखिनेछ। दलहरूले जीत-हारको लडाइँ गरिरहँदा देशले नै हार्यो भने दलहरूले जित्नुको र हार्नुको अर्थ रहँदैन। त्यसैले सबै दल र तिनका नेता देशलाई जिताउने काममा लाग्नुपर्छ। दल र नेताहरूले हठ नत्यागेसम्म यो गतिरोध कायम रहन्छ।
पहिलो जनआन्दोलन र दोस्रो जनआन्दोलनमा नैतिक समर्थन गरेर आन्दोलनलाई उत्कर्षमा पुर्याउने मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले अहिलेको राजनीतिक गतिरोधको अन्त्यका लागि के गर्न सक्छ ?
हामीले हाम्रो कार्यक्रम तथा तपाईंहरूकै पत्रिकाबाट आह्वान गर्ने हो, जो गरिरहेका पनि छौं। देशले अह्राएको काम गर्ने हो। देशले संविधानसभाको चुनावका लागि काम गर भन्यो, हामीले विदेशको कार्यक्रम नै छोडेर त्यो काम गर्यौं। नागरिक समाजले पनि दबाब दिने काम गरिरहेकै छ तर नेताहरूले जनताको कुरै सुन्न छोडे। नत्र भने राजनीतिक गतिरोध यति धेरै लम्बिने नै थिएन।/ गणतन्त्र संसद्बाट ल्याउनुपर्छ या संविधानसभाबाट ?
गणतन्त्र संसद्बाट प्रक्रिया पूरा गरेर चुनावबाटै ल्याइनुपर्छ। गणतन्त्रप्रति सबै दलले प्रतिबद्धता व्यक्त गरिसकेका पनि छन्। यसको अनुमोदन चुनावबाट भयो भने जनताको प्रत्यक्ष सहभागिता पनि हुन्छ। नेताले मात्र गणतन्त्र ल्याउन खोजे गाह्रो पर्छ। त्यसैले गणतन्त्रलाई जनताको भोटबाट अनुमोदन गराउनुपर्छ।
अहिले सरकार पुनर्गठनको चर्चा चलिरहेको छ। सरकार पुनर्गठन भयो भने सबै राजनीतिक समस्या समाधान हुन सक्ला ?
सरकार पुनर्गठनले मात्र सबै समस्याको निराकरण हुन सक्दैन। सरकार पुनर्गठन गरेर सात राजनीतिक दलको समस्या त समाधान होला तर सम्पूर्ण राजनीतिक समस्याको समाधान हुन सक्दैन।
मधेशलाई समेटेर मधेशका असन्तुष्ट पक्षलाई सरकारमा सामेल गराई चुनावमा लान सकियो भने मात्र राजनीतिक निकास निस्कन सक्छ। तराईलाई साथमा लिएर नहिँडी अब निकास खोज्न गाह्रो छ। तराईको भावनाको कदर गर्दै सिंगो मधेशको प्रतिनिधित्व गराएर मात्र अगाडि बढ्नुपर्छ।
प्रस्तुतिः विदुर गिरी

Friday, December 14, 2007

Come & Enjoy Himalaya Filmfestival २००८/ क्लिक हियर,,

चार नेपाली विश्व साइकल यात्रामा

१२ डिसेम्बर, ०७ । शान्ति, मानवअधिकार र स्वतन्त्रताको सन्देश लिएर चार युवा विश्व साइकल यात्रामा निस्किएका छन् ।

२६ मंसिरमा गणेशप्रसाद पोखरेल, शम्भुप्रसाद पुडासैनी, दिलिप पण्डित र राजेन्द्र केसी विश्व साइकल यात्रामा निस्किएका हुन् ।
साइकल यात्रीहरु पोखरेल पुडासैनी, पण्डित र केसीले भारतबाट पाकिस्तान, इरान हुदै युरोपका मुलुक पुग्ने र अमेरिका पुगी संयुक्तराष्ट्रसंघका महासचिव वाङ कि मुनलाई झण्डा हस्तान्तरण गरी साइकल यात्राको उपलब्धिबारे जानकारी गराउने बताउनुभयो । उहांहरुले आर्थिक समस्या हुदाहुदै आफूहरुले नेपाल र नेपालीको प्रेरणाबाट यात्रा शुरु गरेको बताउनुभयो ।

राम जानकी विवाह महोत्सव आज

१४ डिसेम्बर ०७ । आज राम जानकी विवाह महोत्सव मिथिला नगरी जनकपुरमा मनाईदै छ ।
विवाह महोत्सवको मूल आकर्षा भनिएको शोभा यात्रामा भारतका हजारौं श्रद्धालु सहभागी भएका छन । यात्रीहरुको वास र भोजनको व्यवस्था विभिन्न युवा क्लवहरुले गरेका छन । रेल्वे स्टेशन युवा क्लवले स्टेशन प्लेटर्फम र यात्रु आवासमा वास र भोजनको व्यवस्था गरेको छ ।
यसै गरी सहभागी श्रद्धालुहरुको शान्ति सुरक्षाको लागी करिब एक हजार जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ ।
प्रहरीले श्रद्धालुहरुको सुरक्षको लागि सुरक्षा ब्याबस्था अत्यान्तै कडाबनाएको जानकारी आएको छ ।

Tuesday, December 4, 2007