Friday, April 25, 2008
Friday, April 18, 2008
बिजयपछिको गम्भिरताः एमाले नेता झलनाथ खनाल, सभामुख सुवासचन्द्र नेम्बाङ र कांग्रेस महामन्त्री केबी गुरूङ (बायाँबाट) सोमबार आशिष स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा। यसपाली सो पुरस्कार झापाको जनसंसद दैनिकका सम्पादक मोहन काजीले पाएका छन्।
Posted by
SH Giri
at
5:22 AM
0
comments
Friday, April 11, 2008
प्रचण्ड अगाडि, माधव नेपाल दोस्रोमा उक्लिए
माअोवादी ४६ स्थानमा अगाडि, काँग्रेस दोस्रो, एमाले तेस्रो /
निर्वाचन आयोगले दिएको पछिल्लो आधिकारिक परिणाम अनुसार अहिले मतगणना भइरहेका स्थान मध्ये ४६ स्थानमा माअोवादी अगाडि रहेको छ। काँग्रेस १४ स्थानमा अग्रताका साथ दोस्रो स्थानमा र एमाले ११ स्थानका साथ तेस्रो स्थानमा रहेका छन्। यो ट्रेन्ड हेर्ने हो भने माअोवादी सबैभन्दा ठूलो दल हुने देखिएको छ। तर सबै स्थानमा मतगणना नसकिँदासम्म यस्तै होला भनी भन्न सकिने स्थिति छैन। तराईमा क्षेत्रीय दलको प्रभाव देखिएको छ। आन्दोलन चर्काउने उपेन्द्र यादवको फोरम ७ स्थानमा अगाडि रहेको छ भने नेमकिपा र सदभावना २-२ स्थानमा अगाडि रहेको छ। महन्थ ठाकुरको तमलोपा १ स्थानमा अगाडि देखिएको छ।
घोषित परिणाममा भने काँग्रेसले १ र माअोवादीले १ सिट जितेको छ। काँग्रेसका तर्फबाट काठमाडौँ १ मा प्रकाशमान सिंह विजयी भएका हुन् भने माअोवादीका तर्फबाट चाहिँ काँग्रेसको गढ मानिएको मनाङबाट देव गुरुङले विजय हासिल गरेका हुन्।
Posted by
SH Giri
at
3:57 PM
0
comments
चुनावी झडपमा उम्मेदवारसहित पाँचको मृत्यु
संविधानसभाको बिहीबार भएको चुनावमा र्सलाही, सुनसरी र महोत्तरीमा गरी ५ जनाको मृत्यु भएको छ।
र्सलाहीमा क्षेत्र नं. ६ का स्वतन्त्र उम्मेदवार शम्भुकुमार सिंहको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
सुनसरीको क्षेत्र नं. ५ स्थित रामनगर भुटाहा मतदान केन्द्रमा मत खसालेर निस्कँदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ता गंगा दासलाई फोरमका कार्यकर्ताले छुरा प्रहार गर्दा उनको अस्पतालमा उपचार गराउँदागराउँदै मृत्यु भएको छ।
त्यस्तै निर्वाचन क्षेत्र नंं ३ को जोनापुरस्थित विष्णु मावि मतदान केन्द्रमा बिहीबार दिउँसो नेपाली कांग्रेस र वाईसीएलका कार्यकर्ताबीच झडप हुँदा वाईसीएलका अरुण चौधरीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
उता महोत्तरीको पर्सा तैलीमा प्रद्युम्न कापर र रतौलीमा विश्वनाथ ठाकुरको मृत्यु भएको छ।
Posted by
SH Giri
at
3:53 PM
0
comments