प्रचण्ड अगाडि, माधव नेपाल दोस्रोमा उक्लिए
माअोवादी ४६ स्थानमा अगाडि, काँग्रेस दोस्रो, एमाले तेस्रो /
निर्वाचन आयोगले दिएको पछिल्लो आधिकारिक परिणाम अनुसार अहिले मतगणना भइरहेका स्थान मध्ये ४६ स्थानमा माअोवादी अगाडि रहेको छ। काँग्रेस १४ स्थानमा अग्रताका साथ दोस्रो स्थानमा र एमाले ११ स्थानका साथ तेस्रो स्थानमा रहेका छन्। यो ट्रेन्ड हेर्ने हो भने माअोवादी सबैभन्दा ठूलो दल हुने देखिएको छ। तर सबै स्थानमा मतगणना नसकिँदासम्म यस्तै होला भनी भन्न सकिने स्थिति छैन। तराईमा क्षेत्रीय दलको प्रभाव देखिएको छ। आन्दोलन चर्काउने उपेन्द्र यादवको फोरम ७ स्थानमा अगाडि रहेको छ भने नेमकिपा र सदभावना २-२ स्थानमा अगाडि रहेको छ। महन्थ ठाकुरको तमलोपा १ स्थानमा अगाडि देखिएको छ।
घोषित परिणाममा भने काँग्रेसले १ र माअोवादीले १ सिट जितेको छ। काँग्रेसका तर्फबाट काठमाडौँ १ मा प्रकाशमान सिंह विजयी भएका हुन् भने माअोवादीका तर्फबाट चाहिँ काँग्रेसको गढ मानिएको मनाङबाट देव गुरुङले विजय हासिल गरेका हुन्।
No comments:
Post a Comment