Friday, April 11, 2008

चुनावी झडपमा उम्मेदवारसहित पाँचको मृत्यु

संविधानसभाको बिहीबार भएको चुनावमा र्सलाही, सुनसरी र महोत्तरीमा गरी ५ जनाको मृत्यु भएको छ।
र्सलाहीमा क्षेत्र नं. ६ का स्वतन्त्र उम्मेदवार शम्भुकुमार सिंहको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।
सुनसरीको क्षेत्र नं. ५ स्थित रामनगर भुटाहा मतदान केन्द्रमा मत खसालेर निस्कँदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ता गंगा दासलाई फोरमका कार्यकर्ताले छुरा प्रहार गर्दा उनको अस्पतालमा उपचार गराउँदागराउँदै मृत्यु भएको छ।
त्यस्तै निर्वाचन क्षेत्र नंं ३ को जोनापुरस्थित विष्णु मावि मतदान केन्द्रमा बिहीबार दिउँसो नेपाली कांग्रेस र वाईसीएलका कार्यकर्ताबीच झडप हुँदा वाईसीएलका अरुण चौधरीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
उता महोत्तरीको पर्सा तैलीमा प्रद्युम्न कापर र रतौलीमा विश्वनाथ ठाकुरको मृत्यु भएको छ।

No comments: