Friday, July 27, 2007

gay festivale in amsterdam 2007 = video>

पर्तेक बर्ष झै यसबर्स पनि amsterdam , netherland मा 4. August . 2007 gay festivale मनाएका थीएे एसको video हेर्न माथी klik गर्नुहोल

Monday, July 23, 2007

Vehicles pass through the dangerous Timure Bhir in Kalikot more,,

ठाउँठाउँमा बाढी-पहिरो, दर्जनौं परिवार विस्थापित, सडक अवरुद्ध बाँकी अंश»

नेपाल समाचारपत्र, (काठमाडौं)। विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भाग डुबानमा परेका छन् भने पहिरोले दर्जनौं घर बगाएपछि कैयौं परिवार विस्थापित भएका छन्।

nepali song edited by shree np

Sunday, July 22, 2007

Friday, July 20, 2007

वीरताको चिनो


वीरताको चिनोः बेलायतले अफगानिस्तानमा खटाउन लागेको गोर्खा सैनिकको टुकडीकातर्फबाट बिहीबार गोर्खालीहरूको परम्परागत हतियार खुकुरी बेलायती उपरक्षामन्त्री डेरेक ट्विगलाई बेलायतको फोकस्टोनस्थित ब्यारेकमा प्रदान गर्दै लेफ्टिनेन्ट कर्नेल जोनी बोर्न। पृष्ठभूमिमा गोर्खा सैनिकहरू। तस्वीरः एपी/रासस

Wednesday, July 18, 2007

Monday, July 16, 2007

दार्चुला र कैलालीमा सडक दुर्घटना, १३ को मृत्यु, २५ घाइते


कैलालीका घाइतेको सेती अञ्चल अस्पतालमा उपचार गरिँदै । तस्वीरः भरत/नेस
शंकर धामी, (दार्चुला) / भरत शाह, (अत्तरिया)। दार्चुला र कैलालीमा आइतबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्

Saturday, July 14, 2007

: उपत्यकामा यातायात बन्द हुँदा


त्रिभुवन विमानस्थलमा शुक्रबार प्रहरीद्वारा टयाक्सीचालक पिटिएको विरोधमा यातायात मजदुरले शनिबार आकस्मिक रूपमा उपत्यकामा यातायात बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठेलारिक्सामा गन्तव्यतर्फलाग्दै चिनियाँ पर्यटकहरू ।तस्वीर : सुन्दर श्रेष्ठ/नेस

दरवारलाई बजेटरकम छुट्याएको नदेखिएपछी नेताहरूको आपत्ति

सरकारले आगामी वार्षिक बजेटमा राजदरवारको निम्ति अदृष्य ढंगले रकम छुट्याएकोमा सत्ताधारी दुई प्रमुख दलका नेताहरुले आपत्ति जनाएका छन्।

नेकपा एमालेका नेता इश्वर पोखरेलले राजदरवारलाई बजेट दिन चोर तरिका अपनाइएको टिप्पणी गरे।

त्यस्तै किसिमको प्रतिक्रिया दिंदै नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक दीनानाथ शर्माले भने, "राजपरिवारको सम्पति राष्ट्रियकरण गर्नुपर्ने बेला खर्च छुट्याइनु प्रतिगामी सोच हो।"

अर्थमन्त्री डा रामशरण महतले बिहीवार संसदसमक्ष पेश गरेका १७० अर्बको बजेटमा राजदरवार शीर्षकमा कुनै बजेट छुट्याइएको छैन।

तर उनले शुक्रवार पत्रकार भेटघाटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विविध शीर्षकमा राजपरिवारका सदस्यको निम्ति साढे दुई र राजदरवार मर्मतको निम्ति दुई करोड रूपैयाँ छुट्टयाइएको बताएका थिए।

बीबीसीलाई प्रतिकृया दिँदै नेता पोखरेलले भने, "झट्ट हेर्दा 'राजदरवारको निम्ति कहाँ बजेट छुट्याएको छ ?' भन्न पनि पाउने। तर ' बजेट त जाने भयो नि!' भन्दा 'अँ यस्तो यस्तोमा राख्या छु' पनि भन्ने। यस्तो गर्नु आवश्यक थिएन। "

अर्थमन्त्रीको तर्क

राजाको बारेमा संविधानसभाले निर्णय गर्ने सहमति भएकाले उनी राष्ट्राध्यक्ष नभएको तर राजसंस्था निर्मूल नभइसकेकाले त्यसो गर्नु परेको अर्थमन्त्रीको तर्क छ।

त्यसबारे नेता पोखरेल भने, "संविधानसभाको निर्णय आउनुअघि दरवारप्रति राज्यको कति दायित्व हो भन्ने कुरा छलफल गरेर सहमतिमा पुग्नु पर्थ्यो।

"नेपाली कांग्रेसले त्यसो गरेन, उसको यस्तै कृयाकलापहरुले असहमति सृजना गर्न सहयोग पुर्‍याइरहेका छन्। "

उनले संसद र आठदलको बैठकमा त्यसको औचित्य पुष्टी गर्न अर्थमन्त्रीले पेश गर्ने तर्कका आधारमा धारणा बनाउने बताए।

नेकपा माओवादीले भने त्यसको विरोध गर्ने जनाएको छ।

तर त्यो विरोध कस्तो हुने भन्नेबारे माओवादीहरू अस्पष्ट रहेका संकेत दिंदै नेता दीनानाथ शर्माले भने, "त्यो त परिस्थिति हेरेर हामी चल्नु पर्ने हुन्छ।

"सहमतिको आधारमा राज्यसत्ता सञ्चालन गर्ने सहमतिमा हामी प्रतिवद्ध छौं र त्यसमा कोहि पनि विचलित नहोस भन्ने चाहन्छौ। "

राजा निलम्बित अवस्थामा रहेको भन्दै नागरिक समाज र विभिन्न दलहरुले राजपरिवारको निम्ति बजेट नछुट्टयाउन सरकारलाई सचेत गराउँदै आएका थिए।

यस्तो दबाबकाबीच सरकारले बजेट पेश गर्नुअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग परामर्श गरेका थिए।

तर पछिल्लो विवादका बारेमा ती दुई नेताको प्रतिकृया आइसकेको छैन।

Tuesday, July 10, 2007

Sunday, July 8, 2007

Friday, July 6, 2007

विरोधकाबीच राजाको जन्मदिन मनाईंदै

सत्ताधारी आठदल निकट युवा विद्यार्थीहरुको विरोध र आपत्तीकाबीच राजा ज्ञानेन्द्रको हिरक जन्मदिनका अवसरमा राजदरवारमा शुक्रवारदेखि तीनदिने कार्यक्रम मनाउन थालिएको छ।

ads by. nepalicommunity

Wednesday, July 4, 2007

राजाको जन्मदिनमा अवरोध गर्ने चेतावनी

राजाको जन्मदिनका अवसरमा राजदरवारमा विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको छ
अधिकारविहीन राजा ज्ञानेन्द्रको जन्म दिन मनाउन निस्किने शुभकामना जुलुसमा नेकपा माओवादी निकट विद्यार्थी संगठनले हस्तक्षेप गर्ने चेतावनी दिएको छ।
यही असार २३ गतेबाट ६१ औँ वर्षमा प्रवेश गर्न लागेका राजा ज्ञानेन्द्रको हिरक जन्मदिन मनाउन राजदरवारभित्र र बाहिर भइरहेका तयारीलाई सत्ताधारी आठदल निकट विद्यार्थी संगठनहरुले चलखेलको संज्ञा दिँदै त्यसप्रति सरकारलाई सचेत गराएका छन्।

राजाको जन्मदिनको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा राज्यको तर्फबाट समर्थन वा सहभागिता हुन नहुनेमा एकमत देखिए पनि जुलुस निकाल्न नदिने विषयमा भने उनीहरुबीच मतभेद देखिएको छ।

मतभेद

खारेज भएको राजपरिषद् सदस्य स्वामी प्रपन्नाचार्यको अध्यक्षतामा राजावादीहरूले गठन गरेको मूल नागरिक समारोह समितिको आयोजनामा २३ गते शनिवार खुलामञ्चबाट हजारौं नागरिक राजालाई शुभकामना दिन दरवार जाने जुलुशलाई रोक्ने वा नरोक्ने विषयमा मत बाझेको हो।

व्यक्तिगत रुपमा कसैले शुभकामना दिए आपत्ती नहुने तर जुलुस वा जयजयकारको कार्यक्रम गरिए हस्तक्षेप गर्ने माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले बताए।

तर नेपाली कांग्रेस निकट नेविसंघका अध्यक्ष प्रदीप पौडेलले भने त्यसो नगरिने जनाए।

मूल नागरिक समारोह समितिका सदस्य सचिव गीताभक्त जोशीले आफूहरुको जुलुस शान्तिपुर्ण हुने बताउँदै अवरोध नगर्न आव्हान गरेका छन्।

समावेशी प्रजातन्त्रमा सबैले आ-आफ्ना शान्तिपूर्ण कार्यक्रम गर्न पाउनु पर्ने बताउँदै उनले भने, "विद्यार्थीहरुले हाम्रो कार्यक्रममा बाधा पुर्‍याउनु होला जस्तो मलाई लाग्दैन।"

शान्तिपूर्ण सभा जुलुसमा यसअघि हुने गरेका हस्तक्षेपको आलोचना गर्नेहरुले त्यस्ता गतिविधि स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण संविधानसभा निर्वाचनका लागि वाधक हुने तर्क गर्छन्।

उनीहरू त्यसलाई प्रतिस्पर्धात्मक प्रजातान्त्रिक विधि र राजनीति विरुद्धको कदम ठान्छन्।

तर क्रान्तिकारीका अध्यक्ष न्यौपानेले त्यस्ता तर्क मुलुक र राजनीति निश्चित पद्धतिमा गैसकेपछि गर्न सकिने बताउँदै भने, "मान्छे बटुलेर राजाको पक्षमा नारा जुलुस गर्नु संविधानसभा, राज्यको पुनर्संरचना र जनआन्दोलनले ल्याएको परिवर्तन ठीक नभएको सन्देश दिनु हो। यो चलखेल गर्न खोजेकै हो।"

राजाले संविधानसभा विरोधी गतिविधि गरेमा संविधानसभा अघि नै राजसंस्था फाल्ने अधिकार आठदलीय गठबन्धनको बर्चस्व रहेको अन्तरिम संसदमा छ।

अस्वीकार

राजाको जन्मदिनका अवसरमा असार २२, २३ र २४ गते राजदरवारमा विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको छ।

राजदरवारभित्र गर्न लागिएको भोज र शुभकामना कार्यक्रममा राजतन्त्र अन्त्यको निम्ति अग्रसर नेकपा माओवादी सहित विभिन्न राजनीतिक दलका नेता, सरकारी अधिकारी, विदेशी कूटनीतिज्ञ र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई निम्ता गरिएको बताइएको छ।

युरोपेली संघ अन्तर्गतका विभिन्न देशका नेपालस्थित राजदूतहरुले बुधवार पत्रकारहरुसँग कुरा गर्दै आफूहरूले त्यस्तो निम्ता अस्वीकार गरेको जनाएका छन्।